५ हजार मत गणना बाँकी हुँदै विराटनगरको मेयरमा कोइराला र उपमेयरमा कार्कीको विजय पक्का

विराटनगर । विराटनगर महानगरपालिकाको करिब ५ हजार मत गणना नसकिँदै मेयर उपमेयर दुवै पदका लागि विजयीको टुंगो लागिसकेको छ।

अन्तिम मतपरिणाम सार्वजनिकभई नसक्दै विराटनगर महानगर मेयरका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरकी उम्मेदवार नेकपा एमालेकी शिल्पा निराला कार्कीले चुनाव जित्ने पक्कापक्की भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार मेयरमा कोइरालाले २७७०५ मत ल्याउँदा उनको प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २०३६५ मात्र मत ल्याउँदा कोइरालाले स्वतः जित निकालिसकेका छन्।

त्यस्तै, उपप्रमुखमा एमालेकी शिल्पाले २४०१५ मत ल्याउँदा उनको प्रतिस्पर्धी जसपाका अमरेन्द्र यादवले १३४७३ मत मात्र ल्याए। यी दुवै उम्मेदवारको मतान्तर भन्दा कम मत गणना बाँकी रहेको कारण कोइराला र कार्कीले विराटनगरको मेयर र उपमेयर जितेका छन्।

जम्मा ८९७८९ मत खसेकोमा करिब ५ हजार मत गणना बाँकी छँदै कांग्रेसका नागेश कोइराला र एमालेकी शिल्पा कार्कीले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको चुनाव जितेका हुन्। उनीहरू निर्वाचित भएको घोषणा गर्न मात्र बाँकी रहेको छ।

विराटनगर महानगरपालिकाका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले अन्तिम परिरणाम आउन करिब १ बज्ने बताएका छन्। खोल्नु पर्ने मत पाटीका बाँकी नरहेकोले ढिलोेमा १ बजेसम्ममा सकिने उनले जानकारी दिए।

प्रतिक्रिया

2 thoughts on “५ हजार मत गणना बाँकी हुँदै विराटनगरको मेयरमा कोइराला र उपमेयरमा कार्कीको विजय पक्का

  1. बिराटनगर महानगरको निर्वाचन समन्धी केही जानकारि:- कुल मतदाता १३३१४२ ::- कुल खसेको मत ८९६७८ (६७.३५%) अब ७१६२ मत गणना हुन बाकी रहदा सम्म परिणाम पहिलो मेयर रुख २७२६४, दोश्रो सुर्य २००७९ तेश्रो लालटिन ८१६९, चौथो हलो ४१३५ र उपमेयर तर्फ पहिलो सुर्य २३६३१ दोश्रो छाता १३२४३ तेश्रो हलो ६०३५ चौथो लालटीन ४८२८ सबै भन्दा आस्चार्य कुरा त बिराटनगरमा मत बदर को सख्या मेयरमा १९८७६(२३%) उपमेयरमा ३१३८९ (३८%) के कारण मेयर र उपमेयरले पाएको भन्दा ठुलो सख्यामा मत बदर भयो यसको कारण के हो ? यस्को दोषी को हो? मत गन्दा एउटा मात्र मत तल माथी हुदा हुल्दुङ्गा गर्ने पार्टी र चुनाब गर्ने जिम्मा पाएको निर्वाचन आयोग ले यसलाइ गम्भीर सङ लिएर अनुसन्धान गर्ने कि नगर्ने ? यो बिषयलाइ समन्धीत पक्षले गम्भीरता पुर्वक लिइयोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *