वीरगञ्ज महानगरपालिकामा गठबन्धनको अग्रता

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनले अग्रता लिइरहेको छ।

गठबन्धनका उम्मेदवार राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्। नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगी १२ हजार २८९ मतसहित उनीसँग प्रतिस्पर्धामा छन्।

यसैगरी, उपप्रमुख पदमा पनि गठबन्धनका उम्मेदवार इम्तियाज आलमले कूल १६ हजार ८६१ मतसहित अग्रतालाई निरन्तरता दिएका छन्। उपप्रमुख पदका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तमलाल झा तीन हजार ५७६ मतसहित उनीसँग प्रतिस्पर्धामा छन्।

हालसम्म यस महानगरपालिकामा कूल ४६ हजार ३५२ मत गणना भएको हो। महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ। कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाहरूको मत परिमाण आउन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *