विराटनगरको उपमेयरको मतान्तर १० हजार नाघ्यो

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ।

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश काेइरालाले २६३७७ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै १९६७१ मत प्राप्त गरेका छन् । काेइराला र थापाको मतान्तर ६७०६ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले ८०८७ मत प्राप्त गरेको छ । उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले २३०३४ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले १२९७५ मत प्राप्त गरेका छन् ।

राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ५ हजार ७५७ मत ल्याएकी छन् । उपप्रमुखमा कार्कीले १००५९ मतको अन्तरले यादवलाई पछाडि पारेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *