रत्ननगरमा मेयर कांग्रेसले जित्यो, उपमेयर एमालेले

चितवन । रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवारले जितेका छन । मेयरमा कांग्रेसका प्रल्हाद सापकोटा र उपमेयरमा एमालेका यादव पाठकले जितेका हुन् ।

सापकोटाले एमालेकी विमला दुवाडीलाई आठ हजार ७१ मतअन्तरले जिते । सापकोटाले २० हजार ७९६ मत प्राप्त गर्दा दुवाडीले जम्मा १२ हजार ७२८ मत ल्याइन् । दुवाडी यसअघि रत्ननगरमा उपमेयर थिइन् ।

उपमेयरमा भने एमालेका यादव पाठकले पाठकले १३ हजार ५१४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेले १२ हजार ३५४ मत ल्याए ।
रत्ननगर नगरपालिकाका १६ वडामध्ये कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले एक र एक वडा जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =