मिथिलाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काठमाडाैँ । मिथिला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार महेन्द्र महतो ९१ मतान्तरले निर्वाचित भएका छन् ।

निर्वाचित महतोले सात हजार ३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा ९एमाले०का राजाराम महतोले छ हजार ९४० मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुखमा भने एमालेका उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएका छन् । उहाँले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेका छ ।

उपप्रमुखमा निर्वाचित भएका बुढाथोकीले सात हजार ४१४ मत प्राप्त गरेका छ भने कांग्रेसका कोइरालाले छ हजार ७३५ मत पाएका छन् । विसं २०७४ को चुनावमा मिथिला नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्ष एमालेले जितेको थियो । एघार वडा रहेको सो नगरपालिकामा यसपटक पाँच वडामा एमाले, चारमा कांग्रेस र दुई वडामा एकीकृत समाजवादीले जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *