विराटनगरको उपमेयरमा घस्रँदै जसपा

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली काङ्ग्रेसले अग्रता कायम गरेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले २५७४३ प्राप्त गरेका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले १९१२९ मत प्राप्त गरेका छन्। स्वतन्त्र लालटिनका उमेश यादवले ७८४६ मत पाए ।

उपमेयरमा नेकपा एमाले कि शिल्पा निराला कार्किले २२४१० मत प्राप्त गरणदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेद्वार जसपाका अमरेन्द्र यादवले १२६२१मत प्राप्त गर्दै पछ्याउँदै छन् ।

राप्रपाकी विन्दाकुमारी लसईटेलले ५८३४ मत प्राप्त गरिन् । विराटनगर महानगरपालिकामा ७८६४६मत गणना सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *