किशोरी बलात्कारको घटना छानबिन गरी कारबाही गर्न गगन थापाकाे माग

काठमाडौँ । आठ वर्षअघि एक किशोरीमाथि सुन्दरी प्रतियोगिताका सञ्चालकले गरेको बलात्कारको घटनाबारे छानबिन गर्न संसदमा कुरा उठेकाे छ ।

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सदस्य गगन थापाले किशोरी बलात्कारको घटनामा तत्काल छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।

उनले भने, ‘सभामुखज्यूमार्फत नेपाल सरकारले तत्कालै अभियुक्तलाई अनुसन्धानमा ल्याउन माग गर्दछु । साथै यसै संसदले बनाएको बलात्कारसम्बन्धी कानून फौजदारी सहिंताको खासगरी हदम्म्याद सम्बन्धी विषयका सन्दर्भमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिन माग गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 12 =