बेलवारीको प्रमुखमा एमालेका राई र उपप्रमुखमा कांग्रेसकी थापा निर्वाचित

विराटनगर । बेलवारी नगरपालिकाको मेयरमा दिलप्रसाद राई निर्वाचित भएका छन् । नेकपा एमालेबाट उम्मेदवार भएका राई १६ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६ सय २० मत ल्याउन सफल भएका छन् ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकी नीतु थापा विजयी भइन् । थापाले १३ हजार ७ सय ३१ मत ल्याउँदा नेकपा एमालेकी उम्मेदवार तीलाकुमारी नेउपानेले १३हजार ६ सय ५ मत मात्र ल्याउन सकिन् ।

निर्वाचन अधिकृतका कार्यालयले राईलाई प्रमुख र थापालाई उपप्रमुखमा निर्वाचत भएको घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *