गाेकर्णेश्वरमा रुख ढलेर सडक अबरुद्ध, वडा कार्यालयमा क्षति (तस्बिरसहित)

काठमाडाैँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा रहेको गोकर्ण जंगलको रुख गएरातिकाे हावाहुरीले ढलेको छ । नेपाल ट्रष्टअन्तर्गत रहेकी उक्त जंगलको ३ वटा सल्लाको रुख ढलेर स्थानीय देशे जाने सडक अबरुद्ध भएकाे छ भने वडा नं. ४ को वडा कार्यालयमा समेत सामान्य क्षति पुगेकाे छ ।

१०० फिटभन्दा अग्ला सल्लाका रुखहरू रहेको उक्त जंगलमा अरु रुख पनि लड्नसक्ने डरले स्थानीयवासी आतंकित भएका छन् । रुख भएको स्थानमा सेनाको श्री नं. १ विपद् व्यवस्थापन गुल्म पनि रहेकाे छ । गुल्ममा रहेको सेनाको ब्यारेकलाइ समेत ठूल्ठूला रुखले जोखिम बनाइरहेको सेनाले बताउँदै आएकाे छ । तर स्थानीय र सेनाले बारम्बार नेपाल ट्रष्टलाई रुख काट्न लिखित एवम् मौखिक आग्रह गर्दा पनि ट्रष्टले जोखिममा रहेका रुख नकाटेको स्थानीयको आरोप छ ।

हिजो ढलेको रुख हटाउन आज स्थानीयले अबरोध गरिरहेका छन् । ट्रष्टले जोखिमयुक्त अग्ला रुखहरू नकाटे वा काट्ने लिखित सहमति नगरेसम्म अबरोध हटाउन नदिने स्थानीयको अडान छ । वडा कार्यालयमाथि रुख ढलेर जोखिम भए बढेपछि वडा कार्यालय बन्द गरिएको र अत्यावश्यक सेवा दिनुपरे कार्यालय बाहिर बाटै दिने वडा सचिव नवराज सेनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *