पोखरा महानगरमा धनराज आचार्य २८४५ मतले अगाडि

पोखरा । पोखरा महानगरपालिकामा ५८१२२ मत गणना हुँदा गठबन्धनले अग्रता कायम राखेको छ।

पछिल्लो मतपरिणामअनुसार मेयरमा गठबन्धन (नेकपा एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्य २४०३२ मतसहित अगाडि छन्। गठबन्धनका आचार्यलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापाले २११८७ मत प्राप्त गरेका छन्। आचार्य भन्दा थापा २८४५ मतले पछाडि छन्।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट २४३०४ मतसहित अग्रस्थानमा छिन् उनलाई पछ्याउँदै एमालेकी मन्जु गुरुङले २४२०६ मत ल्याएकी छन् भने गुरुङलाई पछ्याउँदै राप्रपाकी रन्जना कुमारी सेनले २२२१ मत प्राप्त गरेकी छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *