धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार सामपाङ ५ सय मतले अगाडि

विराटनगर । सुनसरीको धरान उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले ५ सय बढी मतले अग्रता कायम गरेका छन्।

चुनाव चिह्न लौरो भएका साङपाङले गठबन्धनको उम्मेदवार कांग्रेसका किशोर राईभन्दा ५०० मतको अन्तरमा अग्रता लिएका हुन्। पछिल्लो मतपरिणाम अनुसार साङपाङले १०००१ मत ल्याउँदा काँग्रेसका राईले ९५०१ मत मात्रै ल्याएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर जितेको एमाले भने तेस्रो स्थानमा छ। एमालेकी मञ्जु भण्डारी सुवेदीले ७३७८ मत ल्याएकी छन्।

उपमेयरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १०८३२ मत ल्याएर अग्रता कायम राखेका छन्। एमालेका पदम इस्बो लिम्बुले १०८३२ मत ल्याएर पछ्याइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *