ललितपुर महालक्ष्मी नगरको ताजा मतपरिणाम; एमालेको अग्रता

ललितपुरको महालक्ष्मी नगरपालिकाको आज ५ गते ८ बजेसम्म भएको जम्मा १६१९२ मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ।

नगरपालिका प्रमुखमा नेकपा एमाले ५१७३ मतसहित अगाडि छ भने दोस्रो स्थानमा ३०४० मतसहित माओवादी केन्द्र रहेको छ। तेस्रो स्थानमा भने एकीकृत समाजवादीले २०९७ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टी २०७९ मतसहित चौथो स्थानमा छ।

उपप्रमुखमा पनि नेकपा एमालेले ६०७९ मतसहित अग्रता लिएको छ भने नेपाली कांग्रेसले ४५१५ मतसहित दोस्रो स्थान बनाएको छ। तेस्रो स्थानमा भने जनता समाजवादी पार्टीले १८२७ मत पाएको छ।

हालसम्म महालक्ष्मी नगरपालिकाका वडा नं १,२,३,४,९ र १० को मतगणना भइसकेको छ भने वडा नं५ र ८ को मतगणना जारी छ। वडा नं ६ र ७ को भने मतगणना शुरू भइसकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *