प्रदेश १ का चार महिला जसले प्रमुख जिते; १०८ पालिकाको मत परिणाम सार्वजनिक

विराटनगर। प्रदेश १ मा पछिल्लो मत परिणाम सार्वजनिक हुँदै गर्दा ८० वडा गाउँपालिका र २८ वटा नगरपालिकाको निर्वाचन परिणाम सार्वजनिक भएको छ। पछिल्लो परिणाम अनुसार अहिलेसम्म १०८ पालिकाले प्रमुख पाएको छ। प्रदेश १ मा रहेका १३७ पालिकामध्ये २९ पालिकाको परिणाम आउने क्रममा रहेको छ। मतगणना जारी रहेको कारण परियणाम आउने क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ।

पछिल्लो सार्वजनिक भएको १०८ पालिकामध्ये ४ वटा पालिकाले मात्र महिला प्रमुख पाएको छ। त्योमध्ये निर्वाचित गाउँपालिकाको अध्यक्षको संख्या ३ जना रहेका छन् भने नगरपालिकाको प्रमुखमा एकजना रहेका छन्। निर्वाचित गाउँपालिकाको अध्यक्षमा मोरङको कानेपोखरी गाउँपालिकामा राजमती इङनाम निर्वाचित भइन्। नेकपा एमालेबाट निर्वाचित भएकी इङ्नामले ८९७५ मत प्राप्त गरेकी छिन्। 

त्यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवार भएकी लिखु पिके गाउँपालिकाकी मिनादेवी कार्की पनि पालिकाको अध्यक्ष भइन्। १२६० मत ल्याएर निर्वाचित भएकी उनी सोलुखुम्बु जिल्लाकी हुन्। खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले पनि महिला अध्यक्ष पाएको छ। नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र०बाट उम्मेदवार भएकी अरूणादेवी राई २८८१ मत ल्याएर निर्वाचित भएकी हुन्।

पछिल्लो सार्वजनिक भएको परिणाम अनुसार एउटा नगरपालिकामा मात्र महिला प्रमुख निर्वाचित भएका छन्। निर्वाचित हुनेमा हलेसी तुवाचुङ नगरपालिकाकी विमला राई छिन्। उनले ६३१७ मत ल्याएर निर्वाचित भइन्। उनी नेपाली कांग्रेसबाट उम्मेदवार भएकी थिईन्।

झापाको विभिन्न पालिकामा अहिले पनि प्रमुखमा महिलाहरू प्रतिस्पर्धामा अघि बढेका छन्। निर्वाचन परिणाम आउन सकेको छैन। पवित्रादेवी महतरा विर्तामोड नगरपालिकामा प्रतिस्पर्धामा छिन्, उनले अहिले पनि अग्रता कायम राखेकी छिन्। 

त्यस्तै, दमक नगरपालिका गीताकुमारी पौडेल अधिकारी पनि प्रतिस्पर्धामा छिन्। उनले प्रतिस्पर्धा गरेको नगरपालिकामा उनी विरुद्ध गठबन्धनले साझा उम्मेदवार अघि सारेको छ। राप्रपा, माओवादी केन्द्र, कांग्रेस, एकिकृत समाजवादी र जसपा समेत लागेर गठबन्धन गरेका छन्। अर्जुनधारामा नेपाली कांग्रेसबाट उम्मेदवार भएकी रन्जिता कार्की पनि चुनावी मैदानमा प्रतिस्पर्धा गरेकी छिन्। झापामा प्रतिस्पर्धा गरिरहेका महिलाहरूमध्ये २ जनाको जित्ने सभावना भएपनि अरू प्रतिस्पर्धामा छन्।

प्रदेश १ का नगरपालिकामा विभिन्न दल र स्वतन्त्र गरी २७ जना चुनावी प्रतिस्पर्धामा जाँदा गाउँपालिकामा दल र स्वतन्त्र गरी २६ जना गरी कुल ५३ जना चुनावी मैदानमा थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *