मोरङको सुनबर्षीमा विजय जुलुसमा हिँडेको ट्याक्टर दुर्घटना, १३ जना घाइते

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा विजय जुलुसमा हिँडेको ट्याक्टर दुर्घटनामा परेको छ । सुनबर्षी नगरपालिका वडा नम्बर ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलसमा गएको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।

को २ च १४३७ नम्बर को ट्याक्टर दक्षिणबाट उत्तर तर्फ जाने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर १३ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा २६ बर्षका जलन्धर राजवंशी र ४० बर्षीय राजकुमार सहनी को अवस्था गम्भीर रहेकोले थप उपचारका लागि नोवेल अस्पताल बिराटनगर पठाईएको जिल्ला अस्पताल रंगेलीले जनाएको छ ।

अन्य घाइते ११ जनाको रंगेली अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *