एमालेका मुसहरुको दोस्राे हार, धनपालमा कांग्रेस विजयी

माेरङ । मोरङको धनपालथान गाउँपालिकामा नेपाली कांग्रेसका जिवछप्रसाद गच्छदार निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरको अन्तिम मत परिणाम अनुसार गच्छदारले ६३२९ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका मसहरु मण्डलले ६०५८ मत मात्र प्राप्त गरे ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका हरिलाल सिंहसँग पराजित भएका थिए । सिंहले ५१७८ मत ल्याउँदा मण्डलले ४८३५ मत मात्र प्राप्त गरेका थिए । अहिले फेरी मण्डलले त्यही पालिकामा नेपाली कांग्रेसबाट हार ब्यहोरेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी नसीमा वानो निर्वाचित भएकी छिन् । उनले ६२८४ मत ल्याउँदा उनको प्रतिस्पर्धी नेकपा एमालेकी उपासी राजवंशीले ५७६७ मत ल्याइन् ।

निर्वाचित वानो २०७४ सालको निर्वाचनमा पनि विजयी भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *