सुनवल नगरपालिका : मेयर र उपमेयर दुवैमा एमाले विजयी

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा एमाले विजयी भएको छ ।

गठबन्धनका उम्मेदवार अर्जुनकुमार पोखरेललाई एमालेकी विमला अर्यालले तीन हजार २१८ मतको अन्तरले हराएकी हुन् ।

एमालेकी निर्वाचित अर्यालले चौध हजार ८३८ मत ल्याएकी थिइन् । उनको निकटतम प्रतिद्वन्द्वी पोखरेलले एघार हजार ६२० मत प्राप्त गरेका थिए ।

चार हजार ९०८ को अन्तरले गठबन्धनका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेललाई हराउँदै एमालेका सूर्यप्रसाद दुवे निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *