धरानमा स्वतन्त्र उम्मेदवार साङपाङले बढाए मतान्तर

विराटनगर । सुनसरीको धरान उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले २ सय बढी मतले अग्रता कायम गरेका छन् । स्वतन्त्र उम्मेदवार हर्क साङपाङले अग्रतालाई कायम गरेका हुन् ।

चुनाव चिन्ह लौरोका साङपाङले गठबन्धनको उम्मेदवार काँग्रेसका किशोर राईभन्दा २७० मतको अन्तरमा अग्रता लिएका हुन् । पछिल्लो मतपरिणाम अनुसार साङपाङले ९२९५ मत ल्याउँदा काँग्रेसका राईले ९०२५ मत मात्रै ल्याएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर जितेको एमाले भने तेस्रो स्थानमा छ । एमालेकी मञ्जु भण्डारी सुवेदीले ७२८८ मत ल्याएकी छन् ।

उपमेयरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १०१७९ मत ल्याएर अग्रता कायम राखेका छन् । एमालेका पदम इस्बो लिम्बुले ९७३५ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *