सांसदबाट राजीनामा दिएर चुनाव लडेका कुशवाहा पराजित

काठमाडाैँ । सांसद पदबाट राजीनामा दिएर मेयरमा चुनाव लडेका उम्मेदवार पराजित भएका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका प्रदेश सांसद उपेन्द्र कुशावाहा सर्लाहीको गोडैता नगरपालिकाकाे मेयरमा चुनाव हारेका हुन् ।  मेयरमा चुनाव लडेका थिए । उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का देवेन्द्रकुमार यादवले पराजित गरेका हुन् ।

मेयरमा निर्वाचित यादवले ५ हजार २९४ मत ल्याएका छन् । कुश्वाहाले ४ हजार ७५२ मा समेटिए । उनी ०७४ को निर्वाचनमा पनि मेयरमा पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *