विराटनगरमा ६१ हजार मत गणना सकियो, कांग्रेस ४९१९ मतले अगाडि

विराटनगर । विराटनगर महानगरपालिकामा ६११०३ मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

पछिल्लो मत परिणाम सार्बजनिक हुँदासम्म प्रमुखमा नेपाली कांग्रेसले ४९१९ को मतान्तरले बढाएका छन् विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोईरालाले १९६२८ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै १४७०९ मत प्राप्त गरेका छन् ।

प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले ६२५१ मत प्राप्त गरेको छ । उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १६९९४ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले १००२८ मत प्राप्त गरेका छन् ।

विन्दाकुमारी लुइँटेल आचार्यले ४५९१ मत ल्याएकी छन् । उपप्रमुखमा एमाले र जनता समाजवादी पार्टी बिचको मतान्तर ६९६६ पुगेको छ। विराटनगर महानगरपालिकाको वडा नम्बर १, २, १४ र १९ एमलेले बिजयी भएको छ भने, वडा नम्बर ७, १५ र १६मा नेपाली कांग्रेस विजयी भएको छ।

त्यस्तै वडा नम्बर १३ राप्रपा, वडा नम्बर १७ मा जसपा विजयी हुँदा वडा नम्बर १८मा स्वतन्त्र निर्वाचित भएका छन् । अहिले वडा नम्वर ३, ४, ५, ६, ८, ९, १०, ११, १२ वडाको मत गणना जारी छ । विराटनगरमा ८९७८९ मत खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *