गगनकाे क्षेत्रमा सिर्जनालाई अग्रता, स्थापितलाई १ मत
२०७९ जेठ ५ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ८ मा पर्ने पशुपति क्षेत्रकाे मतगणना शुरू भएकाे छ ।
याे वडा नेपाली कांग्रेसका महामन्त्री गगन थापाकाे वडा हाे । यहाँ अहिलेसम्म गनिएका १०० मतमध्येबाट नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ४८ मत प्राप्त गरेकी छन् । त्यस्तै, महानगरमा अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ मत प्राप्त गरेका छन् ।
उता नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ बाट १ मत मात्रै प्राप्त गरेका छन् ।
समग्र मतपरिणाममा अगाडि रहेका बालेनले अहिले कूल २२८४२ मत प्राप्त गरेका छन् । त्यस्तै, केशव स्थापितकाे ११७६९ मत रहेकाे छ भने सिर्जना सिंहले भने १००८६ मत प्राप्त गरेकी छन् ।
२०७९ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित








