अर्घाखाँची शीतगङ्गाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

काठमाडौँ । अर्घाखँचीको शीतगङ्गा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ।

गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल नगरप्रमुखमा १० हजार ७८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वसन्तकुमार श्रेष्ठले नौ हजार ८९२ मत ल्याएर पराजित भएका हुन्।

यस्तै, उपप्रमुखमा एमालेका गीता भाट १० हजार २८८ मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का टीकाबहादुर रेग्मीले आठ हजार ५७ मत प्राप्त गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *