१५,४११ मतका साथ शीर्ष स्थानमा रेनु, विजयकाे कति ?

काठमाडाैँ । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार रेनु दाहालकाे अग्रता कायम छ । हालसम्म गणना भएका ४० हजार ७१२ मतमध्ये दाहलले १५ हजार ४९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ४११ मत पाएका छन् । दाहालले पाएको मत सुवेदीले पाएको भन्दा तीन हजार ८० ले बढी हो ।

मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ३८९ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १७ हजार ९०५ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङले नौ हजार ९७८ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *