सुनसरीको गढीमा एमाले विजयी

विराटनगर । सुनसरीको गढी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार आश नारायण चौधरी र उपाध्यक्षमा अनिता शाह निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका महेश दत्तलाई ३५५१ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन् । चौधरीले ८९०१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी दत्तले ५३५० मत ल्याए ।

उपाध्यक्षमा नेकपा एमालेकी अनिता साहले ७८१५ मत प्राप्त गरिन् । कांग्रेसकी राजकुमारी चौधरीले ५८३८ मत प्राप्त गरिन् । गढी गाउँपालिकाको वडा नं. २, ३, ४, ५ र ६ मा एमालेले प्यानलै जीतेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *