दाङको तुलसीपुर उपमहानगरमा कांग्रेसको अग्रता

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता लिएका छन्।

सुरुवाती अग्रता लिएका नेकपा एमालेका टिकाराम खड्कालाई हराउँदै नेपाली कांग्रेसका गिरीले ४ हजार २१२ र खड्काले ४ हजार ७६ मतसहित अग्रता लिएका हुन्। उनी एमालेका खड्काभन्दा १३६ मतले अघि छन्।

उपप्रमुखमा भने नेकपा एमालेकी स्यानी चौधरीले अग्रता लिएकी छन्। उनले ३ हजार ६६३ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ३ हजार ८८ मत प्राप्त गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *