धरानमा स्वतन्त्र उम्मेदवारलाई १४७ मतको अग्रता

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारले अग्रता बढाएका छन् । लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क राईले अग्रता बढाएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार राईले ८ हजार ५ सय ९ मत पुर्‍याउँदा गठबन्धनका उम्मेदवार कांग्रेसका किशोर राईले ८ हजार ३ सय ६२ मत पाएका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ६ हजार ८ सय ५८ मत पाएकी छिन् ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९ हजार ४ सय ३० मत ल्याउँदा एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले ९ हजार ७९ मत पाएका छन् । हालसम्म धरानमा २९,४६६ मतगणना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *