रोहिणी अध्यक्षमा जसपा, उपाध्यक्षमा राप्रपा विजयी

काठमाडाैँ । रुपन्देहीको रोहिणी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टी (जसपा)का उमेदवार विजयी भएका छन् ।

अध्यक्षमा जसपाका विद्याप्रसाद यादव सात हजार ४९६ मत ल्याउँदै निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ताहिर अलि भाटले ६ हजार ४५८ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा (एमाले) र नेपाली कांग्रेसका उमेदवार निकै पछाडि छन् । एमालेका सरोजकुमार यादवले तीन हजार १०२ र नेपाली कांग्रेसका बैजनाथ साहनीले दुई हजार ३५६ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने राप्रपाकी शिवकान्ति चमार विजयी भइन् । उनले ६ हजार १५४ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी जसपाकी रीमा मिश्राले पाँच हजार ९०२ मत ल्याएकी छन् । एमालेकी वसन्ती पाण्डेले तीन हजार ३८ मत पाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *