इटहरीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले अगाडि

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ भने उपप्रमुखमा एमालेले करिब ७ हजार मतले अग्रता कायम गरेको छ ।

पछिल्लो मत परिणाम सार्वजनिक भइरहँदा प्रमुखमा नेपाली कांग्रेसले १८४५५ मतका साथ अग्रता कायम राखेको छ । एमालेले १५४६३ मत मात्र प्राप्त गर्न सक्यो ।

उपप्रमुखमा एमालेले १७६५२ मत प्राप्त गरेर जीत उन्मुख भएको छ । गठबन्धनको तर्फबाट उपप्रमुखमा नेकपा एकीकृत समाजवादीले १०७०४ मत मात्र प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *