विराटनगरमा कांग्रेसले अग्रता फराकिलो बनाउँदै लग्यो

विराटनगर । विराटनगरमा मेयरमा ४ हजार ६२४ मतको अग्रता भएको छ । नेपाली कांग्रेसका नागेश कोइरालाले १७५९८ मत पुर्‍याउँदा एमालेका सागर थापाले १२९७४ मत ल्याएका छन् ।

विराटनगरमा नागेशको मतान्तर फराकिलो हुँदै जाँदा एमालेबाट उपमेयरको उम्मेदवार बनेकी शिल्पा कार्कीको प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो हुँदै गएको छ । कार्कीले १५४० मत ल्याउँदा जसपाका उम्मेदवार अमरेन्द्र यादवले ९१७७ मत ल्याएका छन् । उपमेयरको अहिले ५८६३ मतको फरक रहेको छ ।

विराटनगरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले ५८७९ मत ल्याएका छन् । उनी जसपाबाट विद्रोह गरेर मेयरको उम्मेदवार बनेका हुन् । यस्तै स्वतन्त्ररुपमा उप मेयरको उम्मेदवारी दिएका नमिता न्यौपानेले ३२७८ मत ल्याएकी छन् ।

नमिताभन्दा अगाडि राप्रपाकी विन्दा कुमारी लुँईटेल छन् । उनले ४२१२ मत ल्याएकी छन् । मेयरमा राप्रपाका प्रल्हाद साहाले ३४५७ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *