विराटनगरको मेयरमा एमालेभन्दा कांग्रेस ४३८१ मतले अगाडि

विराटनगर । विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक हुँदासम्म प्रमुखमा नेपाली कांग्रेसले ४३८१ को मतान्तरले बढाएका छन् ।

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले १७०७७ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै १२६९६ मत प्राप्त गरेका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले ५४२६ मत प्राप्त गरेको छ ।

उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १४६७७मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ८८४४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमाले र जनता समाजवादी पार्टी बिचको मतान्तर ५८३३ पुगेको छ । यो मतान्तरसँगै कांग्रेसका कोइराला र एमालेकी कार्की विजयउन्मुख भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *