माेरङकाे बुढीगंगा गाउँपालिकामा कांग्रेस विजयी

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

पालिका अध्यक्षमा नेपाली काङ्ग्रेसका जित नारायण थापा मगर ८२९९ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा कांग्रेसबाट अमृता कुमारी गच्छदार ९०५० मत ल्याएर विजयी भएकी छिन् ।

अध्यक्षमा नेकपा एमालेका बलभद्र सरदार थारुले ७८८० मत र उपाध्यक्षमा एमालेकी तुलसी कुमारी कुवरले ६२२३ मतले पराजित भए । १७ स्थानीय तह रहेको मोरङमा योसहित ८ पालिकाको गणना सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *