विराटनगरको मेयरमा एमालेभन्दा कांग्रेस ४ हजार मतले अगाडि

विराटनगर । विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक हुँदासम्म प्रमुखमा नेपाली कांग्रेसले ४२०० को अग्रता कायम राखेको छ ।

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले १६४५५ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै १२२५५ मत प्राप्त गरेका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले ५२०२ मत प्राप्त गरेको छ ।

त्यस्तै उपप्रमुखमा नेकपा एमाले ५६८१ मतान्तरले अगाडी छ । उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १४११३ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ८४३२ मत प्राप्त गरेका छन् । राप्रपाकी बिन्दाकुमारी लुइँटेल आचार्यले ३९८७ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *