स्थापितको गृहवडामा समेत बालेन शाहको अग्रता (पछिल्लो मतपरिणामसहित)

काठमाडौँ । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितलाई उनकै वडामा समेत पछि पारेका छन्।

मतगणना जारी रहेका अधिकांश वडामा बालेनकै अग्रता कायम भइरहँदा आफ्नो वडामा सुरूवाती अग्रता लिइरहेका स्थापितलाई पुनः पछाडि पारेका हुन्। स्थापितकै गृहवडा काठमाडौँ- २८  मा पनि जम्मा ८ सय मत गणना हुँदा बालेनले  १० मतले अग्रता लिएका हुन्। सो वडामा बालेनले २१३ मत ल्याउँदा स्थापितले भने २०३ मत ल्याएका छन्।

यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंह भने १६२ मतसहित यस वडामा पनि तेस्रो स्थानमा छिन्।

हालसम्म वडा नं १, २, ३ र ५ को मतगणना सम्पन्न भइसकेको छ भने ४, ६, ७. २८, २९, ३०, ३१ र ३२ नं वडामा मतगणना जारी छ। हालसम्म यी सबै वडाहरूमा पनि बालेनकै अग्रता देखिएको छ। सबै वडामा गरेर हालसम्म ४९ हजार ९७५ मत गणना भइसकेको छ।

महानगरको प्रमुखमा बालेन शाह १९ हजार ५२३ मतसहित अग्रस्थानमा छन् भने उनलाई पछ्याउँदै स्थापितले  १० हजार मत ल्याएका छन्। ९ हजार १३२ मत ल्याएकी कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन्।

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *