स्याङ्जाको चापाकोट नगरपालिकामा कांग्रेस विजयी

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।

प्रमुखमा कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले विजयी भएका छन्। उनले सात हजार ४९० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत ल्याएका छन्।

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना एक हजार ३७ मतान्तरले विजयी भए। उनले सात हजार ४१३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याइन्।

कूल १० वटा वडा रहेको चापाकोट नगरपालिकाका– ३, ४, ५, ६, ८ मा नेपाली कांग्रेस, १, २, ७, ९ र १० मा नेकपा एमालेका वडा अध्यक्ष विजयी भएका छन्। चापाकोट नगरपालिकामा २१ हजार ५४६ मतदाता रहेकोमा १४ हजार ५०६ जनाले मतदान गरेका थिए।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्षमा पनि कांग्रेस विजयी भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *