दोलखाको तामाकोसीमा समाजवादीले जित्यो गाउँपालिका प्रमुख

दोलखा । दोलखाको तामाकोसी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले गाउँपालिका प्रमुखमा जितेको छ ।

तामाकोसीमा अध्यक्ष पदमा प्रोणप्रताप केसी निर्वाचित भएका छन् । उनले पाँच हजार ४९० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अभिषेक सुवेदीले तीन हजार ४६६ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसका सृजना सुवेदी निर्वाचित भएका छन् । सुवेदीले पाँच हजार ४४१ मत प्राप्त गरे, भने नेकपा एमालेका अम्बिका पोखरेलले तीन हजार ३५१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *