गोकर्णेश्वर नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

काठमाडाैँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दिपक कुमार रिसाल ९६९२ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनको निकटम प्रतिद्वन्दी एमालेका उद्वव बिष्टले ८५०४ मत प्राप्त गरे । यस संगै रिसाल ११८८ मतान्तरले विजयी भएका हुन् ।

यसैगरी उपमेयरमा एमालेकी सान्नानी लामा ८८०४ मत सहित निर्वाचित भइन । उनले कांग्रेसकी शान्ति नेपाललाई १३३ मतले पराजित गरिन् । नेपालले ८६७१ मत प्राप्त गरिन् ।

आज भएको वडा नम्बर ९ को अन्तिम गणना सकिएसँगै गोकर्णेश्वर नगरपालिकाको अब ५ वर्षको लागी जनप्रतिनिधिको टुंगो लागेको हो । वडा नम्बर ९ मा कांग्रेसको राजीव थापा नेतृत्वले प्यानल नै जितेको छ ।

९ वटा वडा रहेको नगरपालिकाको मनोनित बाहेक ४७ जना प्रतिनिधि मध्य मेयर सहित कांग्रेसले २२ सिट र उपमेयर सहित एमालेले २४ सिटमा जित हासिल गर्यो । वडा नम्बर ४ मा भने स्वतन्त्र उम्मेदवारले वडाअध्यक्ष जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *