सदन अवराेध गर्दैनाैँ, विराेध जारी छ : लालबाबु पण्डित

काठमाडाैँ । नेकपा एमालेका नेता लालबाबु पण्डितले सदनमा विरोध नगरेपछि एमालेको आफ्नो एजेण्डा कायमै रहेको बताएका छन् ।

बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पण्डितले जनताको अभिव्यक्तिलाई सहज रूपमा प्रवाह गर्ने संसदलाई सहज रूपमा सञ्चालन हुन दिएको तर एजेण्डा नछाडेको बताएका हुन् ।

उनले स्थानीय तहको मतपरिणाम र प्रतिनिधिसभामा एमालेले देखाएको भूमिका फरक भएको जिकिर गर्नुभयो । गठबन्धनको रवैयालाईलाई सफल हुन नदिन फरक बिधि र प्रक्रिया अपनाइने उनले जानकारी दिए । उनले अहिले आएको स्थानीय तहको मतपरिणामलाई दलहरूले मनन गर्ने बेला आएको बताए ।

त्यस्तै, कांग्रेसका सांसद प्रकाश स्नेहीले बिनाकारण ९ महिना संसद अवरोध गरेको र स्थानीय तहको मतपरिणाम आएपछि पछि हटेको बताए । उनले संसद भंग गर्ने कदमलाई जनताले अस्वीकार गरेको जिकिर गरे ।

त्यस्तै, माओवादी केन्द्रका नेता मातृका यादवले सदन अवरोध खोल्नु आश्चर्यजनक लागेको र यो सकारात्मक भएको बताए ।

विभिन्न विधेयकहरू अब सहज रूपमा अघि बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =