स्थापितकाे वडामा ४०० मत गनिँदा लाैराेलाई १०५ मत, सूर्यमा १०९

काठमाडौँ । काठमाडाैँमा महानगरपालिकाका स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहकाे अग्रता कायम छ ।

पछिल्लाे अद्यावधि अनुसार बालेन १८०१६ मतका साथ ‘लिड’ गरिरहेका छन् । त्यस्तै, एमालेका उम्मेदवार केशव स्थापितले ९३१९ मत प्राप्त गरी दाेस्राे स्थानमा रहेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ ८३७२ मतसहित तेस्राे स्थानमा रहेकी छन् ।

राप्रपाका मदनदास श्रेष्ठकाे भने ८०९ मतका साथ चाैथाे स्थानमा रहेका छन् ।

अहिले केशव स्थापितकाे वडा केन्द्र रहेकाे वडा नम्बर ८ काे मत समेत गनिँदै छ । प्राप्त जानकारीअनुसार स्थापितकाे वडामा पनि बालेनले उल्लेख्य मत पाइरहेका छन् । त्यहाँ ४०० मत गनिएकाेमा बालेनले १०५ मत प्राप्त गरेका छन् भने स्थापितले १०९ मत प्राप्त गरेका छन् । त्यस्तै, सिर्जना श्रेष्ठकाे भने ७५ मत रहेकाे छ ।

मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =