थप ६ जनामा कोरोना संक्रमण, ८ निकाे
२०७९ जेठ ४ गते

काठमाडाैँ । नेपालमा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ८ सय ५६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ६ सय १७ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा कोरोना संक्रमण नदेखिएको स्वास्थय मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको छैन । त्यस्तै थप ८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय २९ जना निको भएका छन् ।
हाल नेपालमा १ सय ४७ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित








