मोरङको जहदामा नेपाली कांग्रेस निर्वाचित

विराटनगर । मोरङको जहदा गाउँपालिकामा नेपाली कांग्रेसका जितेन्द्रप्राद साह निर्वाचित भएका छन् ।

उनले जनता समाजवादी पार्टीका उम्मेदवार कैलाशप्रसाद मण्डल गन्गाईलाई पराजित गरेका हुन् । साहले ६५०१ मत प्राप्त गर्दा गन्गाईले ४०४८ मत मात्र प्राप्त गरे ।

यसअघिको अध्यक्ष कैलाशलाई झण्डै २ हजार मतान्तरले पराजित गरेका हुन् । उपाध्यक्षमा पनि नेपाली कांग्रेस नै निर्वाचित भएको छ । नेपाली कांग्रेसकी हन्ना सोरेनले ५५४५ मत ल्याउँदा नेकपा माओवादी केन्द्रको गुलावकुमारी महतोले ३५१२ मत मात्र ल्याइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *