सुनसरीको देवानगञ्जमा जसपा विजयी

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा जनता समाजवादीले जित हाँसिल गरेको छ।

जसपाको बेचनप्रसाद मेहता ६८७४ मत सहित निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका श्यामलाल महतोलाई पराजित गरेका हुन् ।

महतोले ६३५८ मत मात्र प्राप्त गरे । उपप्रमुखमा कुमारी विभा यादव निर्वाचित भइन् । नेपाली कांग्रेसकी यादवले ६११२ मत प्राप्त गरिन् ।

उनले जसपाकी आशमती कुमारी मेहतालाई पराजित गरिन् । आशमतीले ६०९७ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *