४३१ पालिकाकाे नतिजा आउँदा कांग्रेसले जित्याे २०२ पालिका

काठमाडाैँ । स्थानीय तह निर्वाचनअन्तर्गत जारी मतगणनाकाे नतिजा आउने क्रम जारी छ ।  हालसम्मकाे नतिजाअनुसार सत्तारूढ नेपाली कांग्रेसले २०२ स्थानीय तह जितेकाे छ ।

मतगणना जारी रहेको १ सय २२ तहमा पनि कांग्रेसले अग्रता लिएको छ ।

यस्तै नेकपा एमालेले यो समाचार तयार पार्दासम्म १ सय २४ तह जितेको छ भने ७४ तहमा अग्रता लिएको छ ।

माओवादी केन्द्रले ८६ स्थानीय तह जित्दा ३० मा अग्रता लिएको छ । नेकपा एकीकृत समाजवादीले ७ तह जितेर चौथो स्थानमा रहँदा १३ तहमा अग्रता लिएको छ ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) ले ५ तहमा विजयी हुँदा २८ मा अग्रता लिएको छ ।

स्वतन्त्रसहित अन्य उम्मेदवारले १४ तह जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =