मोरङमा पाँच पालिकाको परिणाम आउँदा एमाले ३ र कांग्रेस २ मा निर्वाचित

विराटनगर । मोरङका चारवटा पालिकाको मत परिणाम सार्बजनिक हुँदा एमालेले ३ स्थानमा बिजयी हाँसिल गरेको छ भने नेपाली कांग्रेसले दुई पालिका जितेको छ। पछिल्लो प्राप्त अन्तिम मत परिणाम अनुसार नेकपा एमाले केरावारी गाउँपालिकामा पनि बिजयी भएको छ।

केरावारीमा नेकपा एमालेका सुमन मिरिङचिङ सवजयी भएका हुन् । उनले ७८१० मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रोहितकुमार कार्कीले ६३९० मत मात्र गरे । उपाध्यक्षमा पनि एमालेले नै जितेको छ। एमालेकी मनमायाँ मगरले ७२६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी शुभद्रा राईले ६४२८ मत मात्र प्राप्त गरिन् ।

लेटाङ नगरपालिका र कानेपोखरीमा प्रमुख उपप्रमुख नै एमाले निर्वाचित भएका छन् । यस्तै लेटाङ नगरपालिकाको प्रमुखमा एमालेका भूपेन्द्रकुमार लावती निर्वाचित भएका छन् । उनले १०२२७ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका ज्ञानेन्द्र ढकालले ८१०५ मत मात्र प्राप्त गरे । लेटाङको उपप्रमुखपनि एमालेले नै जितेको छ । उपप्रमुखमा कृष्णकुमारी पोखरेलले ९४६० मत प्राप्त गरिन् । माओवादी केन्रदका कृष्णप्रसाद लम्सालले ४९०५ मत मात्रै पाए । यसअघि यो पालिकाको प्रमुख काङ्ग्रेसले जितेको थियो । कानेपोखरी गाउँपालिकामा राजमति ईङ्नाम प्रमुखमा निर्वाचित हुँदा उपप्रमुखमा भोलाप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

कटहरी र मिक्लाजुङ गाउँपालिकामा नेपाली कांग्रेसले जित हाँसिल गरेको छ। कटहरीमा नेपाली कांग्रेसका देवराज चौधरीले ६५६५ मत प्राप्त गर्दै बिजयी भएका हुन् । उनलाई नेकपा एमालेका सुभाषकुमार सरदारले ५६८२ मात्र मत ल्याए । उपप्रमुखमा नेकपा एमालेका सितादेवी राजबंशी विजयी भइन् । उनले ५८४८ मत प्राप्त गर्दा नेपाली कांग्रेसको मन्जिताकुमारी सरदारले ५७०५ मत मात्र प्राप्त गरिन् ।

मिक्लाजुङ गाउँपालिकामा नेपाली कांग्रेसका बबि राई निवाचित हुँदा उपप्रमुखमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भए ।राईले ८२५३ मत पाए भने पौडेलले ५६२६ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *