लेटाङमा प्रमुख-उपप्रमुख नै एमाले निर्वाचित

विराटनगर । मोरङको लेटाङ नगरपालिकाको प्रमुखमा एमालेका भूपेन्द्रकुमार लावती निर्वाचित भएका छन् । उनले १०२२७ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका ज्ञानेन्द्र ढकालले ८१०५ मत मात्र प्राप्त गरे । लेटाङको उपप्रमुख पनि एमालेले नै जितेको छ । उपप्रमुखमा कृष्णकुमारी पोखरेलले ९४६० मत प्राप्त गरिन् । माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ४९०५ मत मात्रै पाए ।

यसअघि यो पालिकाको प्रमुख काङ्ग्रेसले जितेको थियो । लेटाङ नगरपालिकामा नेकपा एमालेले प्रमुख, उपप्रमुख, वडा नम्बर(१,२,३,४,५,७ मा प्यानल नै तथा वडा नम्बर ९ मा ४ जना सदस्य जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *