गुलरिया नगरपालिकामा कांग्रेस विजयी

काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेस उमेदवार मुक्तिनाथ यादव पुनःदोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनले प्रतिस्पर्धी एमालेका अमरबहादुर खडकालाई १ सय ७८ मतको अन्तरले पराजित गरेका हुन् । उपमेयरमा पनि एमालेकी टिका शम्शेली मगरलाई पराजित गर्दै कांग्रेसकी सावित्रा गौतम निर्वाचित भएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *