विराटनगर-१३ को वडाध्यक्षमा राप्रपाका यादव विजयी

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १३ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यलाल यादव ५९ मतले विजयी भएका छन् ।

बुधबार बिहान सार्वजनिक मत परिणाम अनुसार यादव ६२८ मत सहित वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

यादव वडाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अमोद कुमार झाले ५६९ मत ल्याए । वडाध्यक्षका पदका अन्य प्रतिस्पर्धी नेकपा (एमाले) का किशोर कुमार पोखरेल ५५८ र जसपाका झरिलाल महतो पनि ३८८ मतमा सीमित भए ।

२०७४ को स्थानीय तह निर्वाचनमा विराटनगर-१३ जसपाले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *