रौतहटको राजदेवीको मेयर/उपमेयरमा नेकपा समाजवादी विजयी

काठमाडौँ । रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका भिखारी यादव विजयी भएका छन् ।

यादवले ७ हजार ५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरे । सिंह निवर्तमान नगरप्रमुख हुन् ।

उपप्रमुखमा पनि नेकपा एकीकृत समाजवादीकै राजकुमारी देवी विजयी भइन् । राजकुमारीले ५ हजार ८४२ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अर्चनाकुमारी यादवले ३ हजार १४९ मत प्राप्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *