परशुरामको मेयरमा २८ वर्षीय जोशी निर्वाचित

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय भरत बडायर जोशी निर्वाचित भएका छन् । जोशीले ५ हजार ९४१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड)ले ५ हजार ८०५ मत प्राप्त गरे ।

सुरूवातदेखि कांग्रेस र माओवादीबिच कडा प्रतिस्पर्धा भएपनि अन्तिममा उम्मेदवार माललाई जोशीले पराजित गरेका हुन्। एमालेबाट उम्मेदवार रहेका केशव बोहराले २ हजार ६०६ मत मात्रै प्राप्त गरे । अध्यक्षमा निर्वाचित जोशी परशुराम नगरपालिकाको सभापतिसमेत हुन् ।

नगर उपप्रमुखमा भने माओवादी केन्द्रका विमला महताले ५ हजार ८८५ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कलावती बोहराले ४ हजार ५९३ मत प्राप्त गरिन् । एमालेका उम्मेदवार गोमती पन्तले ३ हजार २९६ मत प्राप्त गरिन् ।

जम्मा १२ वडा रहेको परशुराम नगरपालिकामा वडा नं १,४,५,७,९, १० र १२ गरी ७ वडामा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ भने वडा नं. २, ३, ६, ८ र ११ गरी ५ वडामा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । एमालेले भने भने कुनै पनि वडाका जित हासिल गर्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *