विराटनगरको उपमेयरमा एमाले ४२४३ मतले अगाडि

विराटनगर । विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक हुँदासम्म प्रमुखमा नेपाली कांग्रेसले २९२२ को अग्रता कायम राखेको छ ।

विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले १२३५४ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै ९४३२ मत प्राप्त गरेका छन् । प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले ४०१५ मत प्राप्त गरेको छ ।

त्यस्तै उपप्रमुखमा नेकपा एमाले ४२४३ मतान्तरले अगाडी छ । उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १०८५५ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ६६१२ मत प्राप्त गरेका छन् । राप्रपा की बिन्दाकुमारी लुइँटेल आचार्यले ३१५७ मत ल्याउँदा स्वतन्त्र लालटिनले २२६५ मत मात्र ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *