रौतहटको परोहाको मेयरमा कांग्रेसका सेख वकिल विजयी

काठमाडौँ । रौतहटको परोहा नगरपालिकामा नेपाल कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका सेख वकिलले ६ हजार ८ सय २३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका अरुणप्रसाद जैसवालले ४ हजार ५ सय ८६ मत पाए । सेख वकिल दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

नगरपालिकाको उपमेयरमा पनि नेकपा माओवादीका वीणाकुमारी लाई पराजित गर्दै कांग्रेसकी सुगन्धी गिरी निर्वाचित भएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *