उमाकुण्डकाे अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडाैँ । रामेछापको उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा नेपाली कांग्रेसकी सावित्री सुनुवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा सुनुवारले ३ हजार ७ सय २८ मत पाएर निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितबहादुर कटुवालले २ हजार १ सय ७२ मत प्राप्त गरेका थिए । सुनुवार यसअघि पनि उक्त पालिकाका अध्यक्ष थिए ।

उपाध्यक्षमा कांग्रेसकी सावित्री सुनुवारले २ हजार ९ सय २२ मत पाएर निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८ सय ३४ मत पाएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *